काठमाडौँ । आर्थिक वर्ष २०८० र ०८१ को बजेटमाथि सांसदहरूको बोल्ने क्रम सकिएको छ। आइतबार सभामुख देवराज घिमिरेले राजश्व र व्ययको वार्षिक अनुमान [बजेट]मा सांसदहरूले बोल्ने क्रम सकिएको जानकारी गराएका छन्।
सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ।
उक्त बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा प्रकाश शरण महतले दिने कार्यसूची रहेको छ।
प्रतिक्रिया