मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस विधिसम्मत चल्न नसकेकोमा नेता प्रकाशमानको गुनासो

कांग्रेस विधिसम्मत चल्न नसकेकोमा नेता प्रकाशमानको गुनासो

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत ढङ्गले चल्न नसकेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस बाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अप्ठ्यारोमा परेको बताए ।

‘प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन’, नेता सिंहले भने, ‘विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो ।’

ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाँक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।