मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार ३ गतेसम्म बाणगंगाका सबै विद्यालयमा विदा

असार ३ गतेसम्म बाणगंगाका सबै विद्यालयमा विदा

अपि टाइम्स

कपिलवस्तु । अत्यधिक गर्मी बढेपछि बाणगंगा नगरपालिकाले थप ५ दिन विद्यालय विदा दिएको छ । मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार ३ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको हो ।

हाल कपिलवस्तुको अधिकतम तापक्रम ४३ डिग्री सेल्सीयस र न्यूनतम तापक्रम २७ डिग्री सेल्सीयस रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै केहिदिन रहने शाखाले जनाएको छ ।

बाणगंगा नगरपालिकाले गत जेठ २२ गतेदेखि २८ गतेसम्म विदा दिएको थियो । गर्मी झन बढ्दै गएपछि नगर शिक्षा समितिको आईतबारको बैठकले थप ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

अब नगरका सामुदायिक र संस्थागतसबै विद्यालयमा असार ३ गतेदेखि नियमित पठनपाठन सुरु हुने नगरपालिकाले जनाएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ ।