काठमाडौँ । नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा विगत ६५ वर्षदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् ।
गत जेठ १८ गतेदेखि लानुहुने हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो ।
सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यक्रम संयोजकमा काम गरेका रेग्मी ५ महिना अन्तरिम राष्ट्रिय निर्देशक हुँदै प्रमुख भएका हुन् । रेग्मीसँग ग्रामीण तहमा किसान सँग काम गरेको लामो अनुभव रहेको छ ।
डा। रेग्मी २० वर्षअघि नै सरकारी जागिरे छदा उत्कृष्ट कर्मचारीको सिफारिसमा परेका थिए ।
नेपालको गरिबी निवारण र कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै नेपाल सरकारले लिएका लक्ष्य भेटाउन लागि सहयोगी निकाय हुने रेग्मीले बताए। रेग्मीले नेपाल दूध र मासुमा आत्मनिर्भर भएको र अबका दिनमा साना तथा सीमान्तकृत किसानको क्षमता विकासमा साना किसान मुखी नीतिमा पैरवी गरिने बताए ।
पशुपालनका अतिरिक्त हेफर इन्टरनेशनल नेपालले अहिले अदुवा बेसार जस्ता मसलाजन्य बालीको उत्पादन र प्रशोधनमा काम गरिरहेको छ ।
नेपालको गरिबी निवारणका लागि साना किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी बनाइने लक्ष्य छ । १२५ देशका करिब पौन चार करोड परिवारमा सँग हेफर इन्टरनेशनल संस्था जोडिएको छ ।
प्रतिक्रिया