काठमाडौँ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहानलाई नेश्नल सोसियल वेलफेयर अवार्ड (National Social Welfare Award 2022 ) प्रदान गरिएको छ ।
आइतबार काठमाण्डौँको राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा चौहानलाई सो पुरस्कार प्रदान गरिएको हो । यो कार्यक्रम सिजन मिडियाले आयोजना गरेको थियो ।
रक्तदान जीवन दान अभियानलाई देशब्यापाी बनाउन चौहानको ठुलो भूमिका छ । स्वयम् सेवी भावनाले लामो समयदेखि मानवीय र सामाजिक कार्यमा लागिरहेको भन्दै त्यसैको कदरस्वरुप सम्मान प्रदान गरिएको बताइएको छ ।
चौहानको स्थायी घर बुटवल हो । पेशाले उनी प्राध्यापक हुन् । सम्मान पाएपछि झन् ठुलो जिम्मेवारी बोध भएको चौहानले अपि टाइम्सलाई बताए ।
प्रतिक्रिया