मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ वर्षको उमेरमै युट्युबबाट ५१ करोड कमाउने ‘कैरी मिनाती’

२४ वर्षको उमेरमै युट्युबबाट ५१ करोड कमाउने ‘कैरी मिनाती’

अपि टाइम्स

काठमाडौँ । कैरी मिनाती भारतमा सबैभन्दा सफल युट्युबर मध्ये एक हुन्। जसका प्रशंसक नेपाललगायतत पाकिस्तान, बंगलादेश, भूटान, श्रीलंका लगायत देशमा पनि उत्तिकै छन्।

२४ वर्षका उनको युट्युब च्यानलमा करिब ४ करोड सब्स्क्राइबर छन्।

क्यारीको वास्तविक नाम अजय नगर हो। उनी आफ्नो कमेडी स्टाइल र रोस्ट भिडिओका लागि परिचित छन्। कोरोनाको बेला रोस्ट गरेको एक भिडिओमा भिडिओमा उनले भनेको असम्भव सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

क्यारी मिनाटी’ले भारतमा टिकटकको बहस चलिरहँदा बनाएको भिडियो ‘युट्युब भर्सेस टिकटक– द एन्ड’ निकै रुचाइएको थियो, त्यसपछि उनका सब्स्क्राइबर पनि ह्वात्तै बढेका थिए।

क्यारी १० वर्षको उमेरमै युट्युब दुनियाँमा प्रवेश गरेका थिए। युट्युबबाहेक उनी बलिउड फिल्ममा पनि देखिइसकेका छन्, अजय देवगानको रनवेमा उनको पनि भूमिका थियो।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार युट्युबबाट उनको मासिक आम्दानी ४० लाख रुपैयाँ (२५ लाख भारु) रहेको छ, जुन ठूला कर्पोरेट कम्पनीका सीईओको भन्दा धेरै हो। उनको कुल सम्पत्ति ५१ करोड २० लाख रुपैयाँ (३२ करोड भारु) रहेको सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अर्कोतर्फ, देशका यी टप युट्युबरको नेटवर्थको कुरा गर्ने हो भने ‘क्यारी मिनाटी’को कुल सम्पत्ति ३२ करोड रुपैयाँ छ ।
केरी मिनातीले बलिउड स्टार सन्नी देओल र ऋतिक रोशनको नक्कल पनि राम्रोसँग गरेको छ ।