मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उरुग्वेले पहिलोपटक उचाल्यो यू-२० विश्वकप उपाधि

उरुग्वेले पहिलोपटक उचाल्यो यू-२० विश्वकप उपाधि

अपि टाइम्स

काठमाडौं । छिमेकी अर्जेन्टिनामा भएको फिफा यू-२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १-० ले पराजित गर्दै पहिलो पटक यू(२० विश्वकप जितेको हो ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो ।

यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो ।

अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू २० विश्वकप जितेका छन् ।