काठमाण्डौँ । एथ्लेटिक्सतर्फका किर्तिमानी राष्ट्रिय खेलाडी तुलसीराम थारु एक्कासी गम्भिर विरामी भएका छन् ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बन्डिहुलि घर भएका उनको स्वास्थ्यमा अचानक समस्या आएपछि रातारात एम्बुलेन्समार्फत् काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।
भाइ गम्भिर विरामी भएको थाहा पाएपछि वैदेशिक रोजगारीमा रहेका उनका दाजु प्रभु थारु अकस्मात नेपाल आएका छन् । अहिले उनले भाइको उपचार गरिरहेका छन् ।
प्रभु थारुका अनुसार तुलसीरामको शरीरमा सेतो रगत निकै कम देखिएको छ । त्यसैकारण उनी गम्भिर विरामी भएका हुन् । अहिले उनको शरीरमा सेतो रक्त चढाउने काम भइरहेको छ ।
भाइको टाउकोमा पनि रगत जमेकाले थप समस्या भएको उनले बताए । सेतो रगत चढाएपछि बल्ल टाउकोको अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका प्रभुरामले अपि टाइम्सलाई जानकारी दिए । के कसरी टाउकोमा रगत जम्यो आफूहरुले केहि थाहा नपाएको दाजु प्रभुले बताए ।
चिकित्सकले एकदुई दिनभत्रि अप्रेसन गर्ने बताएका छन् । सेतो रगत नपाएपछि समस्या भएको उनले बताए ।
सामान्य आर्थिक अवस्था भएकाले भाइको उपचारमा रकम अभाव भएको प्रभुले बताए । उनी भन्छन् ‘भाइ एक्कासी विरामी भएको रहेछ । म पनि विदेशबाट रातारात आएँ । रातारात एम्बुलेन्समार्फत् ल्यायौँ । ऊ गम्भिर विरामी भएको रहेछ । उसको यो विमारको उपचार पनि निकै महंगो रहेछ । धेरै पैसा पनि छैन । भएको र सापटी खोजेको पैसा सकियो ।सहयोगको लागि अनुरोध गर्दछु ।’
एक्कासी समस्या भएपछि अस्पताल आउँदा धेरै पैसा नभएको उनले दुखेसो सुनाए । पैसा खोज्ने समेत समय नभएकाले अहिले यसो उसो गरेरै काम चलाएको प्रभु थारुको भनाई छ ।
खेलबाट आफ्नो भाइले जिल्लाको नाम राखेकाले पालिकाहरुले सहयोग गर्ने उनले विश्वास लिएका छन् । तुलसीराम नेपालकै लागि सम्भावना बोकेका एथ्लेटिक्स खेलाडी हुन् । २० बर्षकै उमेरमा रिले दौडमा रेकर्ड कायम गरी उनी जुनियरतर्फ नेपाल फस्ट भएका थिए भने केहि महिना अघि भएको राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा पनि प्रथम भएका थिए ।
उनी अहिले स्थानीय कनकमुनी उच्चमावि जगदिशपुरमा कक्षा १२ मा अध्ययन गर्दछन् । स्थानीय र राष्ट्रिय गरी उनले थुप्रै पुरस्कारहरु पाएका छन् ।
सहयोगको लागि
प्रभु थारु चौधरी
खाता नं. ०२९१५१२७९२१, सिद्धार्थ बैङक
सम्पर्कः ९८४८३०१४१०
प्रतिक्रिया