मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटमा असन्तुष्ट भई सरकार ढाल्ने चेतावनी दिएका नेपालको बोली फेरियो

बजेटमा असन्तुष्ट भई सरकार ढाल्ने चेतावनी दिएका नेपालको बोली फेरियो

अपि टाइम्स

काठमाडौँ । बजेटको विषयलाई लिएर चरम असन्तुष्टि जनाएर सरकार ढल्ने चेतावनी दिएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो बोली फेरेका छन् ।

बजेट बनाउँदा केहि जिल्लामा सिमिति गरी अधिकांस जिल्लालाई बाइकट गरिएको भन्दै पार्टीभित्रै चरम असन्तुष्टी छ । ‘सरकारबाट बाहिरिन परे बाहिरिने तर अन्याय र विभेद सहन नहुने’ पार्टीका शीर्ष नेताले भनिरहेका छन् ।

त्यसैको दबाबमा परेर अध्यक्ष नेपालले पनि सदनमा असन्तुष्टि जाहेर गरेका थिए र सरकारलाई चेतावनी दिएका थिए ।

तर उनले अहिले बोली फेरि फेरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेजे भए पनि सत्ता गठबन्धानका शक्तिहरु मिल्नुको विकल्प नभएको बताएका हुन् ।

आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको भए पनि मिलेर अघि बढे मात्र मुलुक समृद्ध हुने बताए ।

उनले भने ‘अहिले हामी गठबन्धनमा सामेल छौँ। गठबन्धनका घटकहरूकाबीचमा धाराहरूमा केही केही मतान्तर पनि हुनसक्ला। तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ,’ नेपालले भने, ‘सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन्।’

अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताउँदै उनले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरू र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरू रहेको जिकिर गरे।

उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरे। उनले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताए। उनले अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प नभएको बताए ।

समाजवादीले भनेजस्तो न बजेट पुर्नलेखन हुने अवस्था देखिन्छ न उनीहरुका माग नै पुरा गर्ने अवस्था छ । अर्थमन्त्रीले यही अवस्थामा बजेट पास गर्ने निश्चितजस्तै छ ।