मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वर्गद्वारीमा कार दुर्घटनाः मृतक ८ मध्ये २ परिवारका ६ जना

स्वर्गद्वारीमा कार दुर्घटनाः मृतक ८ मध्ये २ परिवारका ६ जना

अपि टाइम्स

प्युठान । स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनामध्ये ७ जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।

दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका १५ बस्ने ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका छोराहरू १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, लमही नगरपालिका ५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही ७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा शाह र उनका छोरा ९ वर्षीय आदित्य शाहको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरूको सनाखत हुन बाँकी छ । दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।

कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए । उपल्लो घुम्तीबाट कार अर्को घुम्तीमा खसेको थियो । गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो । जिप चालक दाङ लमही–५ का टंकबहादुर कुमाल रहेको प्रहरीले पुष्टि गरेको छ । अन्यको सनाखत हुँदै छ ।