मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशका मुख्यमन्त्रीलाई फुल हाउसको विश्वास, एमालेको भूमिका शंकास्पद !

मधेशका मुख्यमन्त्रीलाई फुल हाउसको विश्वास, एमालेको भूमिका शंकास्पद !

अपि टाइम्स

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनबाट विश्वासको मत प्राप्त गरेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलले उनलाई विश्वासको मत दिएको हो।

मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ सांसदले मत दिएका हुन्।

मधेश प्रदेशसभामा १०७ सांसद छन्। गत जेठ १ मा समर्थन फिर्ता लिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यादवलाई विश्वासको मत दिएको हो।

एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको थियो। एमालेले विश्वासको मत दिनुमा केहि अर्थ हुने बताइएको छ । मधेश प्रदेशमा विश्वासको मत दिएको एमाले सरकारमा जान्छ या जाँदैन त्यो भने केहि थाहा छैन ।