मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

अपि टाइम्स

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात पुष्टि भएको छ। मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयघात भएको भेटिएको हो।

उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए।

‘उहाँको मुटुको दाहिनेतर्फ एउटा नसामा ७० प्रतिशतभन्दा बढी बोसो भरिएर बोसो रक्तसञ्चार बन्द भएको थियो,’ ती चिकित्सकले नेपालखबरसँग भने, ‘त्यसपछि उक्त बन्द भएको नसा खुलाउन एनजिओप्लास्टी गरिएको हो।’

स्रोतका अनुसार पौडेललाई शनिबारदेखि नै असहज महसुस भएको थियो। त्यसपछि उनलाई शनिबार दिउँसो पनि गंगालाल अस्पतालकै इमर्जेन्सीमा लगिएको थियो।

त्यतिबेलै चिकित्सकहरूले मुटुको सम्पूर्ण जाँच गर्न पौडेललाई सुझाव दिएका थिए।