काठमाडौँ । नेपालमा एक दिन ढिला गरेर मनसुन प्रवेश गरेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको छ । बुधबार पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको प्रभाव मधेस प्रदेशको पूर्वी भागमा देखिएको जनाएको छ ।
बुधबार साँझ ६ बजेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको लमजुङमा रहेको कुन्छास्थित वर्षा मापन केन्द्रमा भएको छ । त्यहाँ १०६।२ मिलिमिटर९एमएम० वर्षा मापन भएको पूर्वानुमान महाशखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसपछि सबैभन्दा बढी वर्षा मकवानपुरको दामनमा मापन गरिएको छ । दामनस्थित मापन केन्द्रमा ९२ एमएम वर्षा मापन भएको छ । मकवानपुरकै चिसापानीगढीमा ८५।६ एमएम वर्षा मापन भएको झाले जानकारी दिए ।
कोसी प्रदेशमा बुधबार साँझ ६ बजेसम्मको तथ्यांकमा सबैभन्दा बढी वर्षा भोजपुरमा गरिएको छ । भोजपुरमा ५४ मिलिमिटर वर्षा मापन गरिएको पूर्वानुमान शाखाले जनाएको छ । यस्तै, काठमाडौंको बूढानीलकन्ठमा ६०.६, सुन्दरी जलमा ५५ र त्रिभुवन विमानस्थलस्थि केन्द्रमा ५४.४ एमएम वर्षा मापन गरिएको छ । विभागले १० एम कम वर्षालाई हल्का, ११ देखि ५० एमभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एमएमभन्दा कम वर्षालाई भारी वर्षा भन्ने गर्छ भने सय देखि २ सय एमएमभन्दा कमलाई ुधेरै भारी वर्षाु भन्ने गर्छ ।
पूर्वानुमान महाशाखाले एक दिन ढिला गरेर भित्रिएको मनसुनलाई सामान्य रूपमा लिएको छ । मौसमविद् झा भन्छन्,’यो वर्ष एक दिन ढिला गरेर मनसुन भित्रियो । अन्य वर्षहरूको तुलानामा यो सामान्य हो । गत वर्ष जुन ५ मा मनसुन भित्रिएर अक्टोबर १६ मा बाहिरिएको थियो ।’ नेपालमा जुन १३ देखि अक्टोबर २ लाई मनसुनको समय भनेर विभागले परिभाषित गरेको छ ।
यसैबीच, मनसुनी प्रणाली पश्चिम नेपालसम्म पुग्न अझ केही दिन लाग्ने भएको छ । अरु बेला पनि ढिला केही दिन ढिला गरेर पश्चिम नेपाल पुग्ने मनसुनी प्रणाली यस वर्ष अरब सागरमा बनेको बिपरजय चक्रावतुको आंशिक प्रभाव हुन सक्ने अनुमान गरिएको छ । मौसमविद् झाले भने,ुअरबियन सागरमा चक्रवातका कारण बनेको शक्तिशाली न्यून चापीय प्रणाली गर्दा पूर्वबाट पश्चिमतिर जाने मनसुनी प्रणालीलाई धकेल्छ भन्ने आँकलन हो ।
उक्त चक्रवातले बिहीबार बिहान भारतको गुजरात र पाकिस्तानको कराँचीको बीचमा उग्र रूप लिने भभारतीय मौसम विभागले जनाएको छ । अरब सागरबाट ८ किलिमिटर प्रति घन्टाको रुप्तारमा उत्तर पश्चिम दिशा बढेको उक्त चक्रावत मंगलबार रातिदेखि उत्तर र उत्तरपूर्व दिशातिर बढेको थियो । हाल यो चक्रावत ८५ किलोमिटर प्रति घन्टाको रफ्तारमा अगाडि बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया