मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेल चलान भएका खाँण भन्छन् ‘यो घटनामा म सामेल थिइनँ’

जेल चलान भएका खाँण भन्छन् ‘यो घटनामा म सामेल थिइनँ’

अपि टाइम्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । उनले अघि भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु ।’

अदालतको आदेश पूरा पठ्न नपाएको बताएका उनले आदेश पालना गर्ने बताए ।