मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजलः जसले किन्न सक्दैन झुल मच्छडको !

गजलः जसले किन्न सक्दैन झुल मच्छडको !

अपि टाइम्स

आज शनिबार । यस अंकमा बिभिन्न श्रष्टाका सिर्जनालाई स्थान दिने गरिन्छ । आज पनि कयुरियस जेवीको एउटा गजल ।

जसले किन्न सक्दैन झुल मच्छडको ।
गरिबतिरै देखिन्छ हुल मच्छडको ।

मानौँ कालरात्री उत्सव हो;जागा बस्छन्!
समय त्यही हो अनुकुल मच्छडको ।

आफैँ उपमा दिन्छन्; कोकिलकण्ठी भनी!
सुनी आक्रान्त छौँ ध्वनी विपुल मच्छडको।

निर्धाहरु निधार नै दोषी ठान्छन् कठै!
गर्नै सक्दैनन्; खुन असुल मच्छडको ।

ऊ हो मात्र भ्रम; दिग्भ्रम हो हाम्रो आफ्नै!
मच्छडले देखाउन्न भुल मच्छडको ।

चेत फेर्नुस्,उठ्नुस् अनि जुट्नुस् गरिब हो!
सखाप पार्नुस् वरिपरि फुल मच्छडको ।