काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा थप दुई दिन विदा हुने भएको छ । अत्यधिक गर्मी बढेपछि यसअघि थप गरिएकोमा फेरि ४ दिन थप गरिएको शुक्रबार नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाको अनुसार अब असार ७ गते मात्र विद्यालय खुल्ने छन् ।
नेपालमा मनसुन भित्रिए पनि अझै मध्य र पश्चिम नेपालसम्म पुग्न सकेको छैन । जसले गर्दा ४३ डिग्री सेल्सियसम्मको उखरमौलो गर्मी कायम छ । रुपन्देहीमा मात्र गर्मीको कारण २ जनाको जयान गएको छ ।
प्रतिक्रिया