मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी विश्वकप छनोट आजदेखि, नेपालले जिम्बावेको सामना गर्दै

आईसीसी विश्वकप छनोट आजदेखि, नेपालले जिम्बावेको सामना गर्दै

अपि टाइम्स

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि जिम्बावेमा सुरु हुँदैछ । पहिलो खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।

नेपाली समय अनुसार खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

अहिलेसम्म नेपाल र जिम्बावेले एउटा मात्र एक दिवसीय खेल खेलको छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल १६६ रनले पराजित भएको थियो ।

आजको खेल जितेर सुखद् सुरुवात गर्ने लक्ष्य नेपालको रहेको छ। जिम्बावेलेसमेत घरेलु मैदानमा हुनलागेको विश्वकप छनोटमा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।