मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रेकिङः ताप्लेजुङको मेहेलेमा पहिरो, चार जना बेपत्ता

ब्रेकिङः ताप्लेजुङको मेहेलेमा पहिरो, चार जना बेपत्ता

अपि टाइम्स

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका(६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताएका छन् ।

यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेका स्थानीय जयप्रसाद भट्टराईले बताए ।