काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
बैठक सोमबार बिहान ७ बजे घडी घरमा बस्ने गरी तय भएको पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
असार ७ गते पार्टीले स्थापना दिवस मनाउन लागेकाले त्यसैको तयारीका लागि बैठक बोलाइएको उनले बताए ।
पार्टी स्थापना दिवसका अतिरिक्त राजनीतिक कार्यदिशा, कार्यक्रममाथि पनि छलफल गर्ने उनले बताए ।
प्रतिक्रिया