मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कोशी’ बाहेक अन्य ६ प्रदेशको बजेटको प्रतिवाद गर्न ओलीको निर्देशन

‘कोशी’ बाहेक अन्य ६ प्रदेशको बजेटको प्रतिवाद गर्न ओलीको निर्देशन

अपि टाइम्स

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारहरुले बजेट पैतृक सम्पत्तिजसरी विनियोजन गरेको आरोप लगाएका छन् । उनले कोशीबाहेकका ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ को बजेट पैतृक सम्पत्तिजसरी विनियोजन गरेको आरोप लगाएका हुन् ।

एमाले नेतृत्वको सरकार रहेको कोशी प्रदेश सरकारको भने उनले बचाउ गरेका छन् । अध्यक्ष ओलीले आइतबार सातवटै प्रदेशका पार्टीका सांसदहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै यस्तो बजेटको प्रतिवाद गर्न निर्देशन दिए ।

अध्यक्ष केपी ओलीले भने, ‘देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ । तर, त्यसरी नबनाई सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित भएर बनाइएको छ । बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर दुरुपयोग गरेका छन् ।’

अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्नेगरी सशक्त विरोध गर्न निर्देशन दिएको प्रचार विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।