मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय संसदको त्रुटिपूर्ण नक्साविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

भारतीय संसदको त्रुटिपूर्ण नक्साविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

अपि टाइम्स

काठमाडौँ । भारतीय संसद भवनमा टाँसिएको त्रुटिपूर्ण नक्साको विरुद्धमा अर्घाखाँचीमा प्रदर्शन भएको छ । भारतीय नयाँ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटेको भन्दै बिप्लवनिकट अखिल ( क्रान्तिकारी) अर्घाखाँचीले आइतबार साँझ प्रदर्शन गरेको हो ।

‘भारतीय विस्तारवाद मुर्दाबाद’, भारतीय हस्तक्षेप बन्द गर लगायतका नारा लगाउँदै विद्यार्थीहरुले मसाल जुलुस निकालेका थिए । प्रहरीले जुलुस् नियन्त्रण गर्न खोज्दा केहिछिन स्थिति तनावपूर्ण भएको नेता केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज विज्ञान ‘सि’ ले बताए ।

उनले प्रहरीले आफूहरुमाथि अनावश्यक धरपकड गरेको बताएका छन् । प्रदर्शन गर्ने क्रममा केहि साथीलाई प्रहरीले पक्राउ गरेको उनले बताए । भारतीय हस्तक्षेपमाथि क्रान्तिकारीले देशबयापी प्रदर्शन गरिरहेको उनले बताए ।