मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभा वैठक आज पनि, मन्त्रालयगत बजेटमाथि छलफल

प्रतिनिधि सभा वैठक आज पनि, मन्त्रालयगत बजेटमाथि छलफल

अपि टाइम्स

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज ४ वटा मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरूले धारणा राख्नेछन्।

आज शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।