मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट नसच्चिए विपक्षमा मतदान गर्ने नेकपा एसका सांसदको चेतावनी

बजेट नसच्चिए विपक्षमा मतदान गर्ने नेकपा एसका सांसदको चेतावनी

अपि टाइम्स

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसदहरुले सरकारले पेस गरेको बजेट संशोधन नगरे पक्षमा मत नदिने चेतावनी दिएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार आफ्नो धारणाबारे जानकारी दिँदै यथास्थितिमा पास गर्न सहयोग नगर्ने उल्लेख गरेका छन् ।

सांसदहरू राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापालगायत सांसदहरूले बुधबार अध्यक्ष नेपाललाई भेटेर आफ्नो धारणा राखेका हुन् । नेकपा एसका बहुसंख्यक सांसदहरू बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

ुबजेट असन्तुलित छ । जो मन्त्री हो उसले उसकै जिल्लामा मात्रमा बजेट लैजाने हो भने हामीले किन पास गरिदिनुपर्ने रु हामी के पास गर्ने खटाएका सिपाही हौं र १ु नेकपा एसका उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले ईकान्तिपुरसँग भने, ुबजेट पास नभएकै कारण सरकार ढल्छ भने ढलोस् ।ु

अर्का सांसद कृष्णकुमार श्रेष्ठले पनि बजेटमा मनलाग्दी गरिएकाले आफूहरुले विरोध गरेको बताए । ुअहिलेको बजेट सन्तुलित छैन । यसमा मनलाग्दी गरिएको छ । त्यसैले यथास्थितिमा हामीले भोट हाल्ने अवस्था रहँदैन भनेर हामीले भनेका छौं‚ सांसद श्रेष्ठले भने, यसबारेमा हाम्रो संसदीय दलमा छलफल हुन्छ ।

बजेट कुनै जिल्लामा मात्र केन्द्रित रहेको, प्याज आलुलगायतमा कर बढाएको, डीपीआर नै नभएका परियोजनामा अर्बौं बजेट हालेको भन्दै नेकपा एसका सांसदले आपत्ति जनाएका छन् ।
नेकपा एसका अध्यक्ष नेपालले पनि यसअघि सार्वजनिक मञ्चबाटै बजेट संशोधन नभए पास गर्न नसकिने बताएका थिए ।