मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले पहिलोपटक बिहीबार वेस्ट इन्डिजसंग खेल्दै

नेपालले पहिलोपटक बिहीबार वेस्ट इन्डिजसंग खेल्दै

अपि टाइम्स

काठमाडौं । नेपालले दुईपटकको एकदिवसीय तथा टीट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको छ ।

जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटका क्रममा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल बिहीबार हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

यसअघि नेपालले टीट्वान्टी तथा एकदिवसीय फम्र्याटमा वेस्ट इन्डिजसँग खेलेको थिएन ।

वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो । १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो ।

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेस्ट इन्डिज च्याम्पियन बनेको थियो ।

नेपालसँगै समूह ए मा रहेको छ । यस समूहमा घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् ।

नेपालले घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता गरेको थियो । नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात असार ३ मा भएकोमा सो खेल नेपालले ८ विकेटले गुमाएको थियो ।

नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको थियो । अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

वेस्ट इन्डिजले प्रतियोगितामा एक मात्र खेल खेलेको छ । पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई पराजित गरेको थियो ।

प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । उता, समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।

समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।