मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाटभटेनीको २५ औं स्टोर जनकपुरमा, २० प्रतिशतसम्म छुट

भाटभटेनीको २५ औं स्टोर जनकपुरमा, २० प्रतिशतसम्म छुट

अपि टाइम्स

जनकपुर। चेन मार्केटमा आक्रामक बजार विस्तार गर्दै मुलुककै ठूलो सुपरस्टोर भाटभटेनीले आफ्नो २५ औं स्टोर मधेश प्रदेशको राजधानी, जनकपुरधाममा आजबाट संचालनमा ल्याएको छ । मधेशप्रदेशमा विरगंजपछि यो दोस्रो स्टोरका रुपमा सञ्चालनमा आएकोे हो ।

आज जनकपुरमा आफ्नो २५औं स्टोर अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले शुभ साईतमा बिशेष पुजागरी शुभारम्भ गरेका हुन । शुभारम्भसंगै आजबाट स्टोर किनमेलका लागि खुला भएको छ। मधेश प्रदेशको राजधानी जनकपुर शहरलाई आर्थिक रुपमा थप चलायमान गराउन भाटभटेनीको स्टोर संचाललनले टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । बहुप्रतिक्षित र ठूला लगानीले यहाँ रोजगार सिर्जना गर्नुका साथै व्यस्त जीवनशैलीका उपभोक्तालाई एकै ठाउँबाट अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव उपलब्ध हुँदा थप सहज हुने दाबी गरिएको छ ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । आफु जनकपुरबारे सानै बाट जानकार रहेकोे र पहिला पनि धेरैपटक आईसकेको माता सिताको यो पुन्य भुमिमा केही गर्नु पर्छ भन्ने लागेर नै भाटभटेनी संचालनमा ल्याएको बताए । उनले अफु व्यावसायिक हिसाबले जोडीएर समाजका लागि केही गर्न पाउदा खुशी लागेको बताए ।

२ अर्ब बढी लगानीमा जनकपुरधाम उपमहानगरपालिका वडा न।१४ मुजेलीया, शहीदद्वार नजिकै स्थापना भएको यस स्टोर १ विगाह १० धुर क्षेत्रफलमा बनेको छ । २ लाख बढि वर्गफुट सपिङ स्पेस रहेको यस स्टोरमा २०० बढी स्थानीयले प्रत्येक्ष रोजगारी पाएको भाट भटेनीले बताएको छ ।

भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले अध्यक्ष गुरुङले दाबी गरे ।

स्वदेश तथा विदेशबाट जनकपुर घुम्न आउने पर्यटकलाई समेत लक्षित गरी स्थापना गरिएको स्टोरमा उपलब्ध हुने सेवाले यहाँको पर्यटन व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको भाटभटेनी सुपरस्टोरका क्षेत्रिय व्यवस्थापक विनोद भट्टराईले बताए । यो स्टोर संचालनले जनकपुर मात्र नभई आसपासका जिल्लाहरुसंगै सिमावर्ति भारतिय शहरका बासिन्दाहरुपनि लाभान्वितहुने उनी बताउछन ।

अन्तर्राष्ट्रिय स्तरको पेपे पिज्जा, हिमालय मम, बास्किन रबिन्स आइस क्रिम, अतिथी भेज रेष्टुरेन्ट लगाएतको फुडकोर्ट रहेको यस स्टोरमा मल्टिप्लेक्स सिनेमा हल, बाबु नाानीहरु खेल्नका लागि किड्स जोन,स्केट पार्क लगाएतका सुविधाहरु पनि रहेको व्यावस्थापक भट्टराईले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानहरुमा २० प्रतिशत सम्म नगद छुटसँगै फ्रि होमडेलिभरी सुविधा पनि दिईने भाटभटेनीले जनाएको छ ।

बजार बिस्तारमा आफ्नै फरक शैली अपनाएको भाटभटेनीले झापाको विर्तामोडमा २६औं तथा दमकमा २७औ स्टोर संचालनमा ल्याउने जनाएको छ। बिर्तामेडमाहाल निर्माण कार्य चलीरहेको र आगामी असोज महिनामा संचालनमा ल्याउने भाटभटेनीले जनाएको छ । भाटभटेनीले अहिलेसम्म ८ हजार बढिलाई प्रत्क्ष रोजगारी प्रदान गरिहेको छ ।