मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व प्रशिद्ध मास्टर सेफ सन्तोषको जनकपुरमा मिथिला थाली, के छन् विशेषता ?

विश्व प्रशिद्ध मास्टर सेफ सन्तोषको जनकपुरमा मिथिला थाली, के छन् विशेषता ?

अपि टाइम्स

जनकपुरधाम । लामो समयदेखि बेलायतमा रहदै आएका विश्व प्रसिद्ध नेपाली मास्टर सेफ सन्तोष साहले आफ्नै गृहनगर जनकपुरधाममा मिथिलाको भोजन तथा संस्कृति पस्किन “मिथिला थाली” सञ्चालनमा ल्याएका छन ।

विश्व विख्यात बेलायति कुकरी रियालिटी सो “मास्टर सेफ” मार्फत नेपाल र नेपाली परिकार लाई बिश्वमाझ चिनाएका सन्तोषले मिथिलाका परिकार पस्केर अतिथिलाई सत्कार गर्नका लागि जनकपुरधाममा “मिथिला थाली बाइ सेफ सन्तोष साह” नामक होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । मिथिलाको गाउँ घरमा महिलाहरूले तयार पार्ने पिठौरी, अदौरीद दनौरी, तिलौरी, कुम्रौडी, सकरौडी, कडी सहितका विभिन्न परिकारहरू परम्परागत चुलामा तयार पारेर अतिथिलाई न्यूनतम शुल्कमा भोजन गराउने अठोट उनले लिएका छन्।

मिथिला थालीका स्वाद लिन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई २ सय ५० रुपैयाँमा आफुले भोजन गराउने उनले बताए । आफुले लागत मूल्यमा न्यूनतम मुनाफा लिएर मिथिला भोजनका पारखीहरूलाई सेवा प्रदान गर्ने उनको भनाई छ । मिथिला थालीले मिथिलाको गाउँमा उत्पादन हुने सामानहरू सिधै खरिद गर्ने भएकाले यसबाट गाँउघरका महिलालाई रोजगारीको अवस्था सृजना हुने र परम्परागत उत्पादनको प्रवर्द्धन एवं संरक्षण समेतहुने विश्वास मास्टर सेफ साहको रहेको छ ।

आफूलाई रेष्टुरेन्ट सञ्चालनका लागि विश्वका धेरै ठाउहरुबाट दाताहरूले आग्रह गरेतापनि आफूले यसको सुरुआत आफ्नै मातृ भूमिबाट आफ्नै लगानीमा गरेको बताए । उनले मिथिला थालीका साथै मिथिलाको पहिचान झल्किने आवास तथा सभा समारोहका लागि पार्टी प्यालेस पनि सञ्चालनमा ल्याएका छन् ।

मिथला थालीको संचालनसंगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास सेफ सन्तोष साहको रहेको छ । आफूले यसै प्रतिष्ठानको नामबाट नेपालका विभिन्न ठूला शहरका साथ साथै युरोपका विभिन्न मुलुक, नेपालीहरू बसोबास गर्ने खाडी मुलुकका बिभिन्न शहरहरुमा आगामी पाँच वर्ष भित्र १ सय रेष्टुरेन्ट सञ्चालन गर्ने अठोटसहित अगाडी बढेको पनि बताए ।

करिब दुई करोडको लागतमा जनकपुरधाम उपमहानगरपालिकाको रामानन्द चोकमा संचालनमा ल्याएको मिथिला थाली होटल एवं रेष्टुरेन्टको शाखा अन्यत्र खोल्नका लागि दाताहरू लगानी गर्नका उत्सुकताका साथ आफै आइरहेको उनले बताऐ । निकट भविष्यमा नै नेपालको काठमाडौँ, पोखरा, मुग्लिङ, राजविराज, वीरगन्ज, नारायणघाट, बुटवल लगाएतका ठूला सहरहरूमा शाखा बिस्तार गर्ने योजना समेत रहेको उनी बताउँछन ।

यस रेष्टुरेन्टको सञ्चालनमा ल्याएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गरिएको छ । २५० रुपैयाँमा १७ वटा परिकार खान पाइने यस रेष्टुरेन्टमा साहले थाली वेचेवापतको प्रति थाली तीन रुपैयाँ स्थानीय एक अनाथालयलाई प्रदान गरिने पनि जानकारी गराए ।

यस रेष्टुरेन्टमा राखिएको बिक्री कक्षमार्फत आवस्यकता अनुसार ग्रहकले मिथिलाका प्रसिद्ध परिकारहरू का साथै मिथिलाको कला संस्कृति झल्किने चित्रहरु समेत खरिदगरि लान सक्ने व्यवास्थपनले जनाएकोे छ ।