मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको मनकामना डेरीको गम्भिर लापरबाही, मिठाईमा खानै नहुने वस्तुको मिसावट

बुटवलको मनकामना डेरीको गम्भिर लापरबाही, मिठाईमा खानै नहुने वस्तुको मिसावट

अपि टाइम्स

बुटवल । बुटवलको तीनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भेटिएको छ । अनुगमनका क्रममा गुणस्तरहिन अखाद्य वस्तु मिसाएर मिठाई बनाउने गरेको पाइएको छ ।

गुणस्तरहिन र अखाद्य बस्तु मिसाएर मिठाई बनाएको गुनासो आएपछि अनुगमनका लागि पुगेको टोलीले मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहीन बस्तु फेला परेको थियो । यस अघि पनि कारबाहीमा परेको मनकामनामा यस पटक पनि अनुगमनमा जाँदा गम्भिर लापरबाही गरेको भेटिएको छ । अनुगमन टोलीले त्यहाँ बाट ठूलो परिणाममा अखाद्य वस्तु फेला पारी नष्ट गरेको छ ।

बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, डेरी व्यवयासी संघ, नगर प्रहरी र सञ्चारकर्मी सहितको टोलीले बुधबार बिहान बुटवलका विभिन्न क्षेत्रमा खुल्ला रुपमा बिक्रि वितरण भईरहेका दुधहरुको गुणस्तर र अन्य डेरीहरुको अनुगमन गरेको थियो ।

सोही क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी सामग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए । उनले ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी रसवरी मिठाई अखाद्य भएकोले फिनेल हालेर नष्ट गरिएको जानकारी दिए । उनले थप कारवाहीको लागि उपमहानगर कार्यालय बोलाईएको बताए ।