मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आहा ! नेपाली दर्शकको संस्कृतिः कुरे, खेल भएन तर मैदान सफा गरेर निस्के

आहा ! नेपाली दर्शकको संस्कृतिः कुरे, खेल भएन तर मैदान सफा गरेर निस्के

अपि टाइम्स


काठमाडौं । क्रिकेट समर्थकहरुले त्रिवि क्रिकेट मैदानको फोहोर सफा गरेका छन् । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल वर्षाले बिथोले पनि खेल हुने आशामा साढे ४ बजेसम्म मैदानमै कुरेर बसेका समर्थकहरुले बाँकी खेल भोलि हुने भएपछि दर्शकदीर्घाको सफाइ गरेका हुन् ।

यसअघि सेमिफाइनल खेलमा भारी वर्षा भएपछि खेल रद्ध भएसँगै समर्थक त्यत्तिकै हिँडेका थिए । जसका कारण स्टेडियमा फोहोर रहेको तस्वीर सामाजिक सञ्जालमा राखेर आलोचना भएको थियो ।

तर आज भने पानीमा भिजेरै भए पनि समर्थकले स्टेडियम सफा गरेका हुन् । नेपाल र यूएईबीचको बाँकी खेल भोलि बिहान ९ बजे सुरु हुने छ ।