मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोटः ओमानको लगातार दोस्रो जित

विश्वकप छनोटः ओमानको लगातार दोस्रो जित

अपि टाइम्स

काठमाडौँ । आईसीसी विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित दर्ता गरेको छ । जिम्बाबेमा जारी प्रतियोगिताको समूह बीमा रहेको ओमानले पहिलो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो भने आज भएको खेलमा युएईलाई ५ विकेटले पराजित गर्न सफल भयो । समूह बीमा लगातार २ खेल जितेको ओमान शीर्ष स्थानमा छ भने एक खेल खेलेर शतप्रतिशत नतिजा निकालेको श्रीलंका दोस्रो स्थानमा छ । युएईको भने लगातार दोस्रो हार हो ।
पहिला व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२७ रन बनायो । जवाफमा ओमानले ४६ औं ओभरमा ५ विकेट गुमाएर जित पक्का गरेको थियो ।

पहिला ब्याटिङ गर्दा युएईको सुरुआत राम्रो रहेन । दुवै ओपनर ८–८ रन बनाएर आउट भएपछि युएई दबाबमा आएको थियो । कप्तान मोहम्मद वसिम र रोहन मुस्तफाले ओपनिङ गरेका थिए ।

बृत्य अरविनन्द र रमिज सहजादले पारिलाई १०० रन कटाए । रमिज सहजाद ३८ रन बनाएर आउट भएए । लगत्तै बृत्य अरविन्द भने १ रनले अर्धशतक बनाउने अवसरबाट बन्चित भए । यस्तै, आशिफ खानले २७ रन बनाउँदा आयाजन अफजल खानले नटआउट ५८ रनको पारि खेलेपछि युएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२७ रन बनायो ।

ओमानका लागि जय ओडेदराले सर्वाधिक ३ विकेट लिँदा फियाज बट र बिलाल खानले दुई दुई विकेट लिए ।

२२८ रनको लक्ष्य पछ्याएको ओमानको पनि सुरुआत भने राम्रो रहेन । १४ रनभित्र दुवै ओपनर गुमाएको थियो । ओमानका कश्यप प्रजापती ६ तथा जतिन्दर सिंह २ रन बनाएर आउट भएका थिए ।

त्यसपछि अकिव इलियस, सोइब खान र मोहमद नदिम तीन जनाले अर्धशतक बनाए पछि खेल सहजै आफ्नो पक्षमा पारेका थिए ।

अकिव इलियसले ५३ रन बनाउँदा सोइब खानले ५२ रनको नटआउट पारि खेले । यस्तै मोहम्मद नदिमले ५० रन बनाएर क्रिजमा रहे । यस्तै आयान खान भने ४१ रन बनाएर आउट भएका थिए ।

युएईका जुनेद सिद्धिकी र रोहन मुस्ताफाले एकएक विकेट लिए ।