मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज रास्वपाको स्थापना दिवसः नयाँ भवनमा चियापान, कोको आउँदैछन् ?

आज रास्वपाको स्थापना दिवसः नयाँ भवनमा चियापान, कोको आउँदैछन् ?

अपि टाइम्स

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना दिवस । गत बर्ष असार ७ गते रास्वपाको जन्म भएको थियो । यसै अवसरमा नयाँ भवन बालाजुमा पार्टीले चियापान आयोजना गरेको छ ।

चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ । दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ ।