मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व च्याम्पियनसंग नेपालको फराकिलो हार, ब्याटिङ र फिल्डिङमा चुक्यो

विश्व च्याम्पियनसंग नेपालको फराकिलो हार, ब्याटिङ र फिल्डिङमा चुक्यो

अपि टाइम्स

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ ।

जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए ।

यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो । वेस्ट इन्डिजका शाई होप र निकोलस पुरनले शतक बनाए । होप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिए ।
आजको खेलमा नेपालको हारको मुख्य कारण फिल्डिङमा भएको फितलोपन र कमजोर ब्याटिङ रहेको बताइन्छ । निकोलस पुरनलाई दुईदुईपटक दिइएको जीवन दान नै नेपालको लागि अन्तिमसम्म घातक रह्यो ।