मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा जन्ती बोकेको जिप दुर्घटनाः ५ जनाको मृत्यु, बेहुला–बेहुली यसरी बाँचे

गोरखामा जन्ती बोकेको जिप दुर्घटनाः ५ जनाको मृत्यु, बेहुला–बेहुली यसरी बाँचे

अपि टाइम्स

काठमाडौँ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
गोरखा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जिल्लाकै सहिद लखन गाउँपालिका–३ सिलिङमा आइतबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको हो। सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु भएका ५ जनाको यो खबर लेख्दासम्म पहिचान भएको छैन। दुर्घटनामा घाइते १२ जनालाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दियो।

बेहुला(बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दियो।