मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिल्म हलहलमा तैनाथ नगर प्रहरीलाई बालेनले किन फिर्ता बोलाए ?

फिल्म हलहलमा तैनाथ नगर प्रहरीलाई बालेनले किन फिर्ता बोलाए ?

अपि टाइम्स


काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०र१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’

मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।