मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै, गर या मरको स्थितिमा

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै, गर या मरको स्थितिमा

अपि टाइम्स

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि सुरु हुँदैछ ।

समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । गर या मरको स्थितिमा खेल्ने नेपालपराजित भए बाहिरिनेछ । आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनले हारेको थियो ।

समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यस्तै ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।