मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीर अस्पतालका सातसय शय्या सर्वसाधारणका लागि निःशुल्क

वीर अस्पतालका सातसय शय्या सर्वसाधारणका लागि निःशुल्क

अपि टाइम्स

काठमाण्डौ । वीर अस्पतालले सात सय वटा जनरल शय्या निःशुल्क गराएको छ । हिजो बसेको अस्पतालको कार्यकारी परिषद्को बैठकले सात सय वटा जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा अस्पतालले सात सय वटा बेड निःशुल्क गराएको हो । यसअघि वीर अस्पतालले जेनरल बेडको दुई सय रुपैयाँ शुल्क लिने गरिएको थियो । जेनरल बेड निःशुल्क गरिए पनि वीरको क्याबिन तथा आईसीयुको शुल्क कायमै छ । वीर अस्पतालमा ९ सय ५० वटा शय्या छन् ।