मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ महिनामा ३,८७० विद्युतीय गाडी नेपाल भित्रिए

११ महिनामा ३,८७० विद्युतीय गाडी नेपाल भित्रिए

अपि टाइम्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७९र०८० को जेठ महिनामा १०० किलोवाटसम्मका ८७० विद्युतीय गाडी ९ईभी० भित्रिएका छन् ।

गत आर्थिक वर्षको तुलनामा यो संख्या झण्डै १० गुणा बढी हो । गत आर्थिक वर्ष २०७८र०७९ को जेठ महिनामा १०० किलोवाटसम्मका ९० वटा विद्युतीय गाडीमात्रै भित्रिएका थिए ।

गत आर्थिक वर्षमा १०० किलोवाटसम्मका विद्युतीय गाडीमा लगाइएको कर चालु आर्थिक वर्षको जत्तिकै ९१० प्रतिशत० नै थियो । तर, आगामी आर्थिक वर्ष २०८०र०८१ मा ५० देखि १०० किलोवाटका विद्युतीय गाडीको कर २५ प्रतिशत पुर्याइएको छ ।

त्यसैले यो वर्षको जेठमा कर बढ्ने हल्ला पहिले नै चलेकाले पनि आयात उच्च भएको देखिन्छ । यसबाहेक नेपालमा ईभीको व्यापार एक वर्षमा निकै तीव्र गतिले बढेको छ । त्यसैले पनि गत वर्षको तुलनामा यो वर्ष बढी गाडी भित्रिएको हो ।

११ महिनामा भित्रिए तीन हजार ८७० गाडी

चालु आवको ११ महिना अर्थात जेठ मसान्तसम्ममा तीन हजार ८७० वटा विद्युतीय गाडी भित्रिएका छन् । गत आवको तुलनामा यो संख्या झण्डै दोब्बर हो । गत वर्षको यसै अवधिमा एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

चालु आवको ११ महिनाको अवधिमा सबैभन्दा बढी १०० किलोवाटसम्मका तीन हजार ७५२ वटा गाडी भित्रिएका छन् । यस्तै, १०० देखि २०० किलोवाटसम्मका १०६ गाडी र यसभन्दा माथिका १२ विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

गत आवको यसै अवधि अर्थात जेठ मसान्तसम्म ११ महिनामा सबैभन्दा बढी १०० किलोवाटसम्मका ८९५ गाडी भित्रिएका थिए । यस्तै, १०० देखि २०० किलोवाटका ७९० र अन्य क्षमताका १९ ईभी नेपाल भित्रिएका थिए ।