मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ च्याम्पियनसिपः साँझ ७ः४५ बजे भारतसंग खेल्दै नेपाल

साफ च्याम्पियनसिपः साँझ ७ः४५ बजे भारतसंग खेल्दै नेपाल

अपि टाइम्स

काठमाडौं । दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भारतीय टोलीको सामना गर्दैछ ।

कुवेतसँगको पहिलो खेल ३–१ ले गुमाएको नेपालका लागि च्याम्पियनसिपमा अघिल्लो चरणको सम्भावनालाई जीवन राख्न आयोजक भारतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । साविक विजेता समेत रहेको भारतले जितबाट आफ्नो यात्रा सुरु गरेको थियो । पाकिस्तानमाथि ४–० को फराकिलो जित निकालेको भारतले विजय यात्रालाई निरन्तरता दिन सके अन्तिम खेल अघि नै सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

नेपाल र भारतबीचको खेल अघि सोही समूहमा कुवेत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । कुवेत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे तथा नेपाल र भारतबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

अर्को समूहमा लेवनान र माल्दिभ्सले जितबाटबाट यात्राको सुरुवात गरेका थिए । नेपाल, पाकिस्तान, भुटान र बंगलादेशले अंकको खाता खोल्न बाँकी छ । साफ च्याम्पियनसिपमा अहिले सम्म नेपालले एक पटक मात्र भारतलाई हराउन सकेको छ । सन् २०१३ मा स्वदेशमा भएको च्याम्पिनसिपको समूह चरणमा २–१ ले हराएको थियो ।

आठ पटकको च्याम्पियन रहिसकेको भारतलाई हराउन नेपाललाई सधै कठिन रहँदै आएको छ । साफ इतिहासमै गत संस्करणको फाइनल पुगेको नेपाल त्यति बेला पनि भारतसँग ३–० ले पराजित भएको थियो ।