मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक निजी सैन्य समूहले नियन्त्रणमा लियो रुसी शहर

एक निजी सैन्य समूहले नियन्त्रणमा लियो रुसी शहर

अपि टाइम्स

काठमाडौं । रुसको निजी सैन्य कम्पनी वागनर समूहले दक्षिणी शहर रोस्तोव–अन–डनलाई नियन्त्रणमा लिएको छ ।

वागनरका प्रमुख येवगेनी प्रिगोजिनले आफ्ना सैनिकहरुले रुसी शहरको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए । बीसीसीका अनुसार वागनरले रोस्तोव–अन–डन शहरमा रहेको रुसी सेनाको दक्षिणी मुख्यालय नियन्त्रणमा लिएको छ ।

एक भिडियोमा येवगेनी आफैं मुख्यालयमा देखिन्छन् । उनले रुसका रक्षामन्त्री र सेना प्रमुखले आफूलाई नेभेटे आफ्ना सैनिकहरु मस्कोतर्फ अघि बढ्ने बताए ।

उनले भनेका छन्, ‘हामी सेना प्रमुख र शोइगू ९रक्षामन्त्री०सँग भेट्न चाहन्छौं । जबसम्म उनी आउँदैनन्, हामी यही रहन्छौं । रोस्तोव शहरलाई घेराबन्दी गर्छौं र फेरि मस्कोतर्फ अघि बढ्छौं ।’

यसैबीच मस्कोको दक्षिणी प्रान्तसँग जोड्ने महत्वपूर्ण राजमार्ग एम ४ बन्द गरिएको छ । लिपेत्स्क प्रान्तका गभर्नरले यसको पुष्टि गरे । साथै उनले प्रान्तका नागरिकहरुलाई शान्त हुन र घरभित्र रहन आग्रह गरेका छन् ।

येवगेनीले भने आफ्नो बाटोमा जो आउँछ, उसलाई समाप्त पार्ने चेतावनी लिएका छन् ।

समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको एक तस्वीरमा रास्तोव शहरको सडकमा वागनर समूहका सैनिकहरु देखिन्छन् । यद्यपि उक्त तस्वीर कुन ठाउँको भन्ने खुलाइएको छैन ।