मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा टापुमा फसेकाहरुको ८ घण्टापछि उद्धार

रौतहटमा टापुमा फसेकाहरुको ८ घण्टापछि उद्धार

अपि टाइम्स

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीमा आएको बाढीका कारण टापुमा फसेकाहरुलाई ८ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

शुक्रबार साँझदेखि बाढीमा फसेका चण्डिया गाउँका तीन महिलासहित ५ जनालाई शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले उद्धार गरेको हो । उनीहरु वाग्मती पारि खेत हेर्न र पशु लिएर गएका बेला लगातार वर्षा भई बाढीमा फसेका थिए ।

जिल्ला प्रहरी गौरका अनुसार नदीको बीचमा टापु जस्तै छ । उक्त टापुमा बसेर शुक्रबार साँझदेखि राजदेवी–३ चन्डियाका ५० वर्षीया रामापती देवी, ३७ वर्षीया ललिता देवी पटेल, ६० वर्षीय बिलास दास र निजको दुई वटा भैँसी, ५० वर्षीया करणसिला साह र सर्लाही बलरा–२ जमुनियाका ६० वर्षीय केसर सहनलाई उद्धार गरिएको जिल्ला प्रहरी रौतहटका प्रवक्ता डिएसपी उमाशंकरप्रसाद यादवले बताए । ‘गाउँबाट पारि गएकाहरु वाग्मती नदीमा आएको बाढीले फसेर जोखीममा छन् भन्ने सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना पुगेको हो,ु उनले भने, ‘राति उनीहरुलाई उद्धार गर्न नसके पनि बिहान सबैलाई सकुशल बाहिर ल्यायौं ।’

वाग्मतीको भेल बढ्न थालेपछि आफूहरु टापुमा बसेर ज्यान जोगाएको स्थानीय बिलास दासले बताए । दासका अनुसार सुरक्षाकर्मीले समयमा उद्धार नगरेको भए ज्यान जान्थ्यो । चण्डिया गाउँका धेरै जसोको वाग्मती नदी पारि अहिले पनि खेत छ । ५० सालको बाढीले उनीहरुको घर खेत बगाएपछि अहिले वाग्मतीको ड्याममुनी घर बनाएर बसेका छन् ।

राति परेको वर्षाका कारण अहिले वाग्मती नदीमा बाढी आएको छ ।