मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाले सार्वजनिक गर्यो १ अर्ब ५६ करोड ३२ लाख बढीको बजेट

बाणगंगाले सार्वजनिक गर्यो १ अर्ब ५६ करोड ३२ लाख बढीको बजेट

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरेको छ । कृषि, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, सुुशासन, दिगो र वातावरण मैत्री पुर्वाधार लगायतलाई समेटेर १३ औं नगरसभामा उप प्रमुख रीता कुमारी चौधरीले बजेट सार्वजनिक गरेकी हुन् । चौधरीले १ अर्ब ५६ करोड ३२ लाख ९३ हजार रुपैयाँको रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगरपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उद्यमशिलता विकास र आय अर्जन, दिगो र वातावरणमैत्री पुर्वाधार बिकास र विपद ब्यबस्थापन, गुणस्तरिय शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सामाजिक परिचालन, सामाजिक परिवर्तन, सुशासन, सार्वजनिक सेवा प्रवाह र मानव संसाधन विकासलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

बाँकी रु. ६२ करोड ५९ लाख ९२ हजार बजेटबाट आर्थिक विकास रु. ९ करोड ४४ लाख ९३ हजार, सामाजिक विकासमा रु. ५२ करोड, पूर्वाधार विकासमा रु. ३६ करोड ५२ लाख ५० हजार, वन वातावरण तथा विपद व्यवस्थापनमा रु. १ करोड ११ लाख र संस्थागत सुशासनको क्षेत्रमा रु. २० करोड २४ लाख ५० हजार बाडँफाँड गरिएको छ ।