काठमाडौँ । डिभिजन वन कार्यालय कपिलवस्तुको नियन्त्रणमा रहेका कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल शनिबार रिहा भएका छन् ।
सुकुम्बासीको नाममा जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा पोख्रेललाई वन कार्यालयले नियन्त्रणमा लिएर शुक्रबारदेखि थुनुवा कक्षमा राखिएको थियो । उनकै कारण शनिबार राखिएको नगरपालिकाको १३ औँ बजेट सभा पनि स्थगित भको थियो । त्यसपछि आजै कार्यालयले पोख्रेलसंग बसेर एक सहमति गर्दै छाडिएको बताइएको छ ।
प्रतिक्रिया