मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी अस्पतालका मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार

निजी अस्पतालका मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार

अपि टाइम्स

काठमाडौं । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल ९अफिन०को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो।

संघ र अफिनले उक्त तलब कार्यान्वयनमा ल्याउन सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था र अस्पताललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्‍याउने मेडिकल अफिसर हरुको पारिश्रमिकको हकमा न्यूनतम ४२००० कायम गर्ने गराउने निर्णय गरिएकोले सोको कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई अनुरोध गरिन्छ, अफिनका अध्यक्ष डा पदम बहादुर खड्का र चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

संघ र अफिनले २०७७ सालमा नै मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार हुनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार अझै पनि कतिपय अस्पतालहरुले चिकित्सकलाई न्यूनतम तलब दिएका छैनन्।

संघ र अफिनले यसपटक सबैलाई अनुरोध गर्दै कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेका छन्। अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरुमा पत्राचार गर्ने तयारी गरेको समेत गरेको छ।

संघ र अफिनको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ।

बैठकले जेठदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्।