मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपतिको जलहरीको तौल १०७ किलो ४७ ग्राम

पशुपतिको जलहरीको तौल १०७ किलो ४७ ग्राम

अपि टाइम्स

काठमाडौं । पशुपतिमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरी झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो।

उक्त सुन जोख्दा १०७ किलो ४७ ग्राम रहेको स्रोतले जानकारी दियो।

सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो। नेपाली सेना परिचालन गरेर सुन जोखिएको थियो। जलहरी जोखेका बेला भक्तजनहरूलाई मन्दिर दर्शनका लागि रोकसमेत लगाइएको थियो। गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पशुपति पुगेर जलहरी जोखेका हुन्।