मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि मन्त्रालयमा गुनासो शाखा, मल नपाए किसानले सिधै फोन गर्न सक्ने

कृषि मन्त्रालयमा गुनासो शाखा, मल नपाए किसानले सिधै फोन गर्न सक्ने

अपि टाइम्स

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मन्त्रालयगत समस्या सुन्न गुनासो ब्यवस्थापन कक्षको सुरुवात गरेको छ । मानो रोपेर मुरी फलाउने सिजन सुरु भएकाले किसानलाई रासायनिक मल र अन्य कुनै पनि कृषि समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्धेश्यले मन्त्रालयमै गुनासो कक्षको ब्यवस्थापन गरिएको हो ।

कृषि मन्त्री डाक्टर बेदुराम भुसालले मंगलबार कक्षको सुरुवात गर्दै देशभरका किसानले राखेका समस्याको अब सिधै सुनुवाई हुने दावी गरे ।

सरकारले रासायनिक मल प्रशस्त रहेको बताए पनि देशभरका किसानले नपाएको गुनासो गरिरहेका छन् । त्यहि खाली ठाउँ पुर्न र रासायनिक मल अभावको समस्यालाई समाधान गर्न गुनासो शाखा खोलिएको बताइएको छ ।

मन्त्री भुसालले जिल्लाको साल्ट ट्रेडिङ शाखामा मौज्दात रहेको मलको विवरणसमेत सार्वजनिक गर्दै सोही अनुसार नभएको पाइए तुरुन्त गुनासो शाखामा फोन गर्न किसान र सरोकारवालालाई आग्रह गरे ।

किसानको गुनासो अनुसार मल नपाइएको खण्डमा तत् जिल्लाका ट्रेडिङ शाखा, बदमासी गर्ने ब्यक्ति या सहकारी जोकोहीलाई पनि कारबाही हुने मन्त्री भुसालको भनाई छ । मन्त्री भुसालले कुनै पनि समस्या भएका गुनासो शाखामा राखेर अधिकतम फाइदा लिन समेत किसानलाई अनुरोध गरे ।

दिइएका नम्बरमा फोन गर्दा ७७ जिल्लाका समस्या समाधान हुने उनको भनाई छ । त्यसको लागि पैसा नलाग्ने (टोल फ्रि नम्बर) १६६००१७७७७९ र ०१–४२११४४६ नम्बरको ब्यवस्था गरिएको छ । यस्तै [email protected] इमेल, gunaso.molad नामको फेसबुक र @hello_molad नामको ट्विटरमा पनि मन्त्रालयगत समस्या राख्न सकिने प्रबन्ध मिलाइएको छ ।

हेर्नुहोस् जिल्लाजिल्लामा रहेको मौज्दात मलको विवरण