मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनलाई भारतीय चलचित्रको प्रदर्शन रोक्ने अधिकार छैनः उच्च अदालत

बालेनलाई भारतीय चलचित्रको प्रदर्शन रोक्ने अधिकार छैनः उच्च अदालत

अपि टाइम्स

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीशहरु हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलको इजलासले भारतीय चलचित्रको प्रदर्शनमा अवरोध नगर्न मेयर बालेनको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतले आदिपुरुषमा समावेश भएको आपत्तिजनक शब्दको विषयलाई लिएर उक्त फिल्मका निर्माताबाहेकका अन्य फिल्म निर्माताहरुबाट निर्मित अनुमतिप्राप्त भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने अधिकार मेयरलाई नभएको बताएको छ ।

‘‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत प्रचलित कानुनले अधिकार प्रदान गरेको नदेखिँदा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने कार्य नगर्नु नगराउनू’ उच्च अदालतको आदेशमा भनिएको छ ।