मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटार जग्गा प्रकरणमा दोषी देखिनेहरु बच्दैनन्ः मन्त्री शर्मा

बालुवाटार जग्गा प्रकरणमा दोषी देखिनेहरु बच्दैनन्ः मन्त्री शर्मा

अपि टाइम्स

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताएकी छन् ।

मङ्गलवार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएको बताएकी हुन् । वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको उनको दाबी छ ।

‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिरहेको छ । सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ । यस्तो बेलामा हल्ला चलेको छ भन्नु अफवाह हो, उनले भनिन्।’

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताइन् । सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउनेभन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने उनको भनाई छ । । यस प्रकरणमा अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाहीको दायरामा सरकारले ल्याउने मन्त्री शर्माको दावी छ ।