मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईसँग खेल्ने

विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईसँग खेल्ने

अपि टाइम्स

काठमाण्डौ । नेपालले आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग खेल्ने भएको छ ।

जिम्बावेमा भइरहेको समूह चरणको अन्तिम खेलमा यूएई आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफ मा नेपालसँग खेल्ने भएको छ । खेल जुलाई २ मा हुनेछ ।

मङ्गलवार आइरल्यान्डले दिएको ३ सय ५० रनको विशाल लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयो । यूएईका कप्तान मुहम्मद वसीमले ४५, सञ्चित शर्माले ४४ र बसिल हमीदले ३९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोशुआ लिटिल, एन्डी म्याक्ब्राइन, जर्ज डाकरेल र कर्टिस क्याम्फेरले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४९ रन बनायो । आयरल्यान्डका पउल स्टर्लिङले १ सय ६२ रन बनाए । यस्तै एन्ड्रियु बलबिर्नेले ६६ र हेरी टेक्टरले ५७ रन बनाए । बलिङतर्फ यूएईका सञ्चित शर्माले ३ विकेट लिए ।

आयरल्यान्डले विश्वकप छनोटमा पहिलो जित निकाल्दा यूएई भने जितविहीन भएको छ । आयरल्यान्ड समूह बी को चौथो र यूएई पाँचौँ स्थानमा रह्यो ।

यस्तै यूएईलाई हराएको आयरल्यान्डले अमेरिकासँग जुन ३० मा प्लेअफ खेल्ने छ । यो दुई खेलको विजेताले सातौँ स्थानका लागि खेल्नेछ भने पराजित दुई टोलीले नवौँ स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् ।

समूह ए बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । यस्तै समूह बीबाट श्रीलङ्का शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सका शीर्ष दुई टोलीले आउँदो अक्टोबर रनोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।