मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटार जग्गा प्रकरणमा चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

बालुवाटार जग्गा प्रकरणमा चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

अपि टाइम्स

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। जसमध्ये तीन जनालाई छाडिएको थियो।

पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू धर्मप्रसाद गौतम र गोपाल कार्की छन्। उनीहरूमाथि अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो।

सो प्रकरणमा अदालतबाट स्टे अर्डर लिएका तीन जना कर्मचारीलाई भने केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको थियो।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई छाडिएको हो।