मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरवस्थानका मुख्य पुजारी निलम्बित, कारण महिला दर्शनार्थीमाथि यौन दुर्व्यवहार

भैरवस्थानका मुख्य पुजारी निलम्बित, कारण महिला दर्शनार्थीमाथि यौन दुर्व्यवहार

अपि टाइम्स

काठमाडौँ । प्रसादी दिने बहानामा महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित भएका छन्।

पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको हो।

योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रसादी दिने बहानामा उनीहरूको संवेदनशील अंगमा छुने गरेको समाचार सेतोपाटीमा प्रकाशित भएको थियो।

योगीले महिला दर्शनार्थीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको गुनासो आएपछि समितिको आकस्मिक बैठकले उनलाई मुख्य पुजारीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

योगी २०५९ देखि भैरवस्थान मन्दिरमा मुख्य पुजारीको रूपमा काम गर्दै आएका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको समाचार सार्वजनिक भएपछि समितिको बैठकले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए।