मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुमल १० नामक धान रोपेर कृषि मन्त्री भुसालले मनाए असार १५

खुमल १० नामक धान रोपेर कृषि मन्त्री भुसालले मनाए असार १५

अपि टाइम्स

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी भएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् ।

कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरे ।

एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरेका हुन् ।

मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिए ।

मन्त्री भुसालले प्रयोग गरेको मेसिनले मध्य पहाडका सम्म खेतका गरामा रोपाइँ गर्न सकिने बाली विकास केन्द्रले जनाएको छ ।